Personal Puja

यस मन्दिरमा हरेक शनिवार र आइतवार भक्तजनहरुको लागि मन्दिरमा महाप्रसादको प्रयोजन गर्ने यजमानद्वारा आफ्नो इच्छा अनुसार बिना अतिरिक्त शुल्क श्री सत्यनारायण पूजा, अष्टचिरंजीवी पूजा वा नवग्रहपूजा लगायतका पूजा अर्चना सोही शनिवार र आइतवार मात्र  गर्न सकिने व्यवस्था गरिएको छ ।

साथै पूजा गर्न इच्छुक भक्तजनहरुले आफ्नो श्रद्धा भक्ति अनुसार अनलाइन (भर्च्युअल) प्रविधिको सुबिधा उपयोग गरी  घरमै बसी बसी कुनै पनि पूजा, अर्चना वा अभिषेक गर्न चाहेमा त्यस्को पनि उचित प्रबन्ध मिलाइएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सम्पूर्ण सुरक्षाका मापदण्डको पूर्ण पालना गरी मन्दिरमा पनि पूजा गर्न सकिने व्यवस्था मिलाइएको समेत जानकारी गराउन चाहन्छौँ ।

मन्दिर संचालन गर्न  आर्थिक सहयोगकोलागि भक्तजनहरूमा नम्र निवेदन छ . 

थप सूचनाको लागि:-

गुरु श्री मेघराज निरौला : +1 (682) 313-5380

अध्यक्ष, श्री सीता सापकोटा : +1 (469) 682-8920 

उपाध्यक्ष, श्री छबीमणि चापागाईं : +1 (972) 793-2158

व्यवस्थापक श्री अच्युत पौडेल  : +1 (682) 558-9432

मन्दिर : +1 (682) 738-3196