नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (NCSC), टेक्सस
हिन्दु धर्म परम्परा अनुसार बालक ८ वर्ष वा सोभन्दा बढी उमेरको भएपछि चूडाकर्मादि कर्म गरी यज्ञोपवीत (जनै) धारण गराउने विधान छ। अमेरिकामा रहनुहुने नेपाली समुदायको अनुरोध र सुविधालाई मध्यनजर गर्दै NCSC ले मन्दिर परिसरमा सामूहिक व्रतबन्धको आयोजना गरेको छ।
प्रमुख जानकारी तथा नियमहरू:
बटुक संख्या: कर्म व्यवस्थापन र सहजताका लागि बढीमा १० जना बटुकहरू मात्र सहभागी गराइनेछ। (पहिले दर्ता गर्नेलाई प्राथमिकता दिइनेछ)।
सेवा शुल्क: प्रति बटुक $१,०००.००।
फोटो र भिडियो (ऐच्छिक): यदि फोटो र भिडियो प्याकेज चाहनुहुन्छ भने अतिरिक्त $२००.०० लाग्नेछ।
पूजा सामग्री: व्रतबन्धका लागि आवश्यक सम्पूर्ण पूजा सामग्रीको व्यवस्था मन्दिरले गर्नेछ।
व्यक्तिगत तयारी: बटुकका लागि आवश्यक कपडा, माला र साजसज्जाका सामानहरू परिवार स्वयंले व्यवस्थापन गर्नुपर्नेछ।
भोजन व्यवस्था: प्रति बटुक परिवारका ४० जना सम्म पाहुनाका लागि मन्दिरको तर्फबाट भोजन (निश्चित परिकारहरु) को व्यवस्था गरिनेछ।
भोजन स्थल: भोजन मन्दिर परिसरमा सामूहिक रूपमा गराइनेछ।
दर्ता समय: इच्छुक अभिभावकहरूले अप्रिल २० (April 20) भित्र नाम दर्ता गराई आफ्नो स्थान सुरक्षित गरिसक्नुपर्नेछ।
NCSC EC
Booking Link: Click Here
