* महाशिवरात्रि कार्यक्रम सफल पारिदिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद *

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

महाशिवरात्रिको पवित्र अवसरमा February 14 र 15 मा आयोजित श्री पशुपतिनाथ मन्दिर र बुद्ध विहार, युलेस टेक्सस को भव्य विशेष महाशिवरात्रि समारोहलाई अत्यन्त सफल, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्ण भक्तजन, दाता, सदस्य, तथा शुभेच्छुकहरूमा हामी हृदयदेखि धन्यवाद व्यक्त गर्दछौँ।
यस वर्षको कार्यक्रममा सहभागी भएर दर्शन, पूजा, भजन–कीर्तन, सेवा तथा सहयोग प्रदान गर्नु भएका प्रत्येक व्यक्तिले यो महाशिवरात्रि उत्सवलाई नयाँ उचाइमा पुर्‍याउन ठूलो भूमिका खेल्नुभयो।

???? कार्यक्रमका आर्थिक तथा सदस्यता—अद्यावधिक (Feb 14 & 15)
तपाईंहरूकै माया, विश्वास र उदारताको परिणामस्वरूप यस वर्ष महाशिवरात्रि सप्ताहन्तमा निम्न उल्लेखनीय उपलब्धिहरू हासिल भएको छ।  

???? कुल प्रतिज्ञा (नयाँ तथा स्तरवृद्धि ) सदस्य संख्या : 82
???? कुल प्रतिज्ञा रकम (Total Pledge Amount): $538,300
???? वास्तविक वृद्धि (Increase by Pledge Actual): $375,500
(सदस्यता स्तर परिवर्तनपछि हुने वास्तविक वृद्धि अनुसार गणना गरिएको)
???? सदस्यता भुक्तानीबाट संकलन: $114,952.00

यी सबै योगदानहरूले NCSC को वर्तमान परियोजना, मन्दिर सेवा, र भविष्यका कार्यक्रमहरूलाई बलियो आधार प्रदान गर्दछ।

???? विशेष धन्यवाद
यो कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सबैलाई हामी गहिरो सम्मानका साथ धन्यवाद दिन्छौँ:
???? स्वयंसेवकहरू (Volunteers)
तपाईंहरूको अथक परिश्रम, अनुशासन, मुस्कान, र समर्पणबिना यो कार्यक्रम सम्भव नै हुन्नथ्यो।
???? Nepalese Society of Texas (NST)
कार्यक्रम व्यवस्थापन, यातायात सहयोग, स्वयंसेवक व्यवस्थापन र सहकार्यका लागि हार्दिक आभार।
???? सबै तह–स्तरका सदस्यहरू - Wall of Honor, Family Patrons, Patron, Honorable Board of Trustees, Board of Trustees, Honorable Founding Member, Founding Member, Life Member, General Member,  Student Member, Prospective Member
तपाईंहरूको निरन्तर समर्थन, विश्वास, माया र नेतृत्व नै हाम्रो प्रेरणा हो।
???? स्टाफ, सफाइ सहयोगीहरू, सुरक्षा सहयोगीहरू
दिनरात मिहिनेत गरी वातावरण स्वच्छ र सुरक्षित राखिदिनुभएकोमा हार्दिक धन्यवाद।
???? यातायात सहयोगीहरू
हजारौँ सहभागीलाई सहज र सुरक्षित पहुँच सुनिश्चित गर्न गरेको योगदान अमूल्य छ।
???? दाता, पूजापाठ प्रायोजक, सांस्कृतिक प्रस्तुतिका सहभागी, र सबै अविरत सहयोगीहरू
तपाईंहरूको योगदानले नै हाम्रो सांस्कृतिक तथा आध्यात्मिक समुदाय अझ मजबुत बन्दै गएको छ।

???? DFW समुदायप्रति NCSC को आभार
हामी DFW क्षेत्रका हिन्दू–बौद्ध समुदायका सांस्कृतिक, धार्मिक र आध्यात्मिक आवश्यकताहरू पूरा गर्न पाएकोमा अत्यन्त कृतज्ञ छौँ।
हामी हाम्रा सदस्य, भक्तजन, शुभेच्छुक र समर्थकहरूलाई उच्चतम सम्मान गर्छौँ।
आगामी दिनहरूमा पनि NCSC यही समर्पण, सेवा–भाव र पारदर्शिताका साथ समुदायको सेवा गर्न निरन्तर अग्रसर रहनेछ।

Nepalese Cultural & Spiritual Center (NCSC)
Shree Pashupatinath Temple & Buddha Vihar, Euless