नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको २०२५ वार्षिक साधारण सभा सम्बन्धी सूचना !!
****************************************************************************************
आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु,
नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको सन् २०२५ को वार्षिक साधारण सभा यसअघि तोकिएको मितिमा आवश्यक संख्यामा सदस्य ज्यूहरु (Quorum) उपस्थित नभएकाले स्थगित (reconvene) गरिएको छ।
यसै सन्दर्भमा, साधारण सभा पुनः तल उल्लेखित मिति र समयमा आयोजना गरिने भएकोले सबै सदस्यज्यूहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
साधारण सभाका एजेण्डाः-
- बर्ष (2025) को कार्य प्रगति, गतिविधि समीक्षा तथा आगामी बर्ष 2026 को कार्य योजना सहितको अध्यक्षको प्रतिवेदन
- वर्ष 2025 को आयव्यय – कोषाध्यक्षको प्रतिवेदन
- Board of Trustees का आर्थिक तथा विशेष प्रतिवेदन
- Fiscal Year 2025 सम्मको लेखा परीक्षण अपडेट
- NCSC को विधान (Bylaws) संसोधन
- विविध
मिति- आइतबार, फेब्रुअरी 8th 2026
स्थान - NCSC Conference Room, 1212 Royal Pkwy, Euless, Texas-76040
समय - दिनको 1:30 PM
साधारण सभाका बारेमा NCSC को विधान (Bylaws) मा उल्लेखित व्यवस्थाः
6.2. Quorum: At all general meetings or special meetings of General Assembly, fifty percent (50%) of the voting members shall constitute a quorum for GA proceedings. If unable to meet the quorum, a second meeting shall be called with 15 days’ notice. There is no quorum requirement in the second meeting.