सामाजिक सचेतनाको लागी NCSC को अपिल

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

सबैमा नमस्कार,
सम्पूर्ण धर्मालम्वि दाजुभाई तथा गरुज्यूहरु,

आजहामी नेपाली मातृभूमीवाट हजारौं कोश टाढा स्थायी तथा अस्थाई बसोवास गर्दै आफ्नो आस्था, धर्मका साथ पहिचान संरक्षणको संघारमा दृढ भएर उभिएका छौं।

हाम्रो हिन्दुधर्म अन्तरगतका कतिपय आध्यामिक बिधिहरु अमेरिकामा ठाउ र परिबेश अनुसार जस्ताको तस्तै रुपमा प्रयोग गर्नु अत्यन्त असान्दर्भिक छन। त्यसमा पनि काठ र कागजका सामाग्रीबाट निर्मित घरहरुमा धुपको प्रयोग , आगो, धुंवा र घिउतेल प्रयोग गरी बिधि बिधान अपनाउदा ठूलो विपत्ति नआउला भन्न सकिदैन।
यस प्रकारको कमजोरीबाट कुनै ठूलो दुर्घटना हुन पुगेमा अमेरीका भरि नै हाम्रो साख बिग्रनुका साथै भविश्यमा हाम्रा धार्मिक गतिबिधिलाई अनावश्यक निग्रानी उत्पन्न हुन सक्दछन। यसको प्रभाब नेपाली समाज, हिन्दु आस्था र हामीले परिकल्पना गरेको मन्दिरको भविश्यमा नै प्रश्न चिन्ह उत्पन्न हुन सक्दछ।

त्यसैले आफ्नो घर, मन्दिर मठ आदिमा माथी उल्लेखित सामाग्रीको प्रयोगलाई अत्यन्त न्युन तथा बैकल्पिक सामाग्रीको माध्यमवाट संकारको संरक्षण गरी बैध्दिक गतिबिधि गर्नु हुन सम्पुर्णमा सचेतता गराउदछौं।

NCSC EC